×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १८.७६ अंकले बढ्यो नेप्से, ८ अर्ब ६२ लाखमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार १८.७६ अंकले बढ्यो नेप्से, ८ अर्ब ६२ लाखमाथिको कारोबार

Artha Sarokar

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से बढेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा १८.७६ अंकले बढेर २४४१.८५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६२ लाखमाथिको कारोबार भएको छ । 
बुधबार पनि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९३ करोड ३४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: प्राइम कमर्शियल बैंक र नेपाल बैंकको भएको छ । आज ५ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी