×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिवाईसी र शालिग्राम लघुवित्तसँग आरम्भ चौतारीको मर्जर सम्झौता रद्द, अब बीपडब्ल्यू र देउराली लघुवित्तलाई प्राप्ति गर्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरम्भ चौतारीको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा सेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै झन्डै साढे तीन महिनापछि आरम्भ चौतारीको सेयर कारोबार खुल्न लागेको हो । असोज ११ गते नेप्सेले सो संस्थाको सेयर कारोबार रोक्का गरेको थियो । 
आरम्भ चौतारी, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने र गाभिनेसम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएसंगै रोक्का भएको सेयर बिहीबारदेखि खुल्ने भएको छ । संस्थाको संचालक समितिको बैठकले प्राम्भिक सहमति पत्र रद्ध गरेसंगै नेप्सले सेयर फुकुवा गरेको जानकारी दिएको छ । यता आरम्भ चौतारी लघुवित्तले बिपिडब्लु लघुवित्त र बुटवलमा केन्द्रिय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: