×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू र साक्को रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकले १०% छुट पाउने

GLOBAL IME BANK
SHREE KESH

बैंक अफ काठमाण्डू र साक्को रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकले १०% छुट पाउने

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्टबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौतापश्चात् ग्राहकहरुले साक्को रिसोर्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउनेछन् । 
साक्को रिसोर्टले काठमाण्डौं जिल्लाको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठ कुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्त लाल श्रेष्ठले हस्ताक्षर गरे ।  बैंकले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: