
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीको यो नाफा २४५.७९% ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड १४ लाख १५ हजार रुपैयाँ मात्र रहेको थियो ।
विद्युत् बिक्रीबाट हुने आम्दानी बढेपछी कम्पनीको नाफामा सुधार भएको हो । विद्युत बिक्रीबाट आम्दानी हुने आम्दानी १३ करोड ५० लाख ३५ हजार रुपैयाँबाट बढाएर २४ करोड १९ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा २९ करोड ७० लाख ८१ हजार रुपैयाँ पुर्याएको यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ छ । पुष मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ६ रुपैयाँ ९६ पैसाबाट बढेर १४ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ७१ पैसाबाट बढेर ११५ रुपैयाँ ३९ पैसा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्