Skip to content
LAXMI SUNRISE BANK

अपि पावरले कमायो १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीको यो नाफा २४५.७९% ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड १४ लाख १५ हजार रुपैयाँ मात्र रहेको थियो । 
विद्युत् बिक्रीबाट हुने आम्दानी बढेपछी कम्पनीको नाफामा सुधार भएको हो । विद्युत बिक्रीबाट आम्दानी हुने आम्दानी १३ करोड ५० लाख ३५ हजार रुपैयाँबाट बढाएर २४ करोड १९ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा २९ करोड ७० लाख ८१ हजार रुपैयाँ पुर्याएको  यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ छ । पुष मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ६ रुपैयाँ ९६ पैसाबाट बढेर १४ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ७१ पैसाबाट बढेर ११५ रुपैयाँ ३९ पैसा  पुगेको छ  । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK