- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबीच नेपाल पत्रकार महासंघ, कैलाली अध्यक्ष अर्जुन शाहीले घटनाको निन्दा गरेका छन् ।
उनले मालपोतमा बिचौलियाहरुको राज भएकाले प्रश्न उठाउने पत्रकारमाथि दुर्व्यवहार गरेकोमा पत्रकार महासंघको आपत्ति रहेको बताएका छन् । ‘आज यस घटनाबारे हामी सीडीओ सापसँग कुरा गर्छौं, सम्बन्धित सबैसँग कुरा गर्छौं र यस घटनाका दोषी कानुनी दायरामा आउनुपर्छ भन्ने कुरामा हामी अडिक छौं ।’ उनले भने ।