×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्रीबाट ४ करोड ७ लाख रुपैयाँ नाफा, खुद नाफा १०२.०४% ले बढ्यो ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्रीबाट ४ करोड ७ लाख रुपैयाँ नाफा, खुद नाफा १०२.०४% ले बढ्यो ! (विवरणसहित)

Artha Sarokar

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको खुद नाफा बढेको छ । कम्पनीले पुष मसान्तसम्म आइपुग्दा  करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीको यो नाफा गत वर्षको भन्दा १०२.०४% धेरै हो । गत वर्ष कम्पनीले १३ करोड ३६ लाख ८२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीले अन्य स्रोतबाट हुने आम्दानी १ करोड ९३ लाख रुपैयाँबाट बढाएर ६ करोड ५३ लाख पुर्याएको छ । जसकारण खुद नाफामा सकारात्मक असर परेको छ । 
पुस मसान्तसम्म विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी भने २५.२३% ले घटेको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो । जगेडा कोषमा १४ करोड ४३ लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ४६ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी