
- अर्थ सरोकार सम्बाददाता
दैलेख । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको दैलेखमा ४०औं शाखा संचालनमा ल्याएको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले माघ १३ गतेदेखि उक्त स्थानकाे उपशाखा कार्यालयलाई शाखाको रुपमा स्तरोन्नती गरी संचालनमा ल्याएको हो । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र सहायक महाप्रबन्धक विजय पराजुलीको समेत उपस्थिति रहेको थियो ।
दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा संचालनमा ल्याएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु विस्तार गर्दै लैजाने कम्पनीले जनाएकाे छ । कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादी सहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पुँजी रहेको यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष २३ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्