×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजना पक्राउ !

अर्थ सरोकार

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार

PRIME CA

एनआइसी एशिया बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजना पक्राउ !

काठमाडौं । काठमाडौंको ठूलोभर्‍याङस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर रकम चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको महादेवस्थान गाँउपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक रहेका छन् । 
महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-२ ठूलोभर्‍याङस्थित उक्त बैंकको एटीएम फोड्दै गरेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए । 
विष्टका अनुसार उनको साथबाट एटीएम मेसिन फोड्न प्रयोग गरिएका १ थान पाइप रेन्ची, १ थान हथौडा र १ थान पिलास बरामद भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: