Skip to content
LAXMI SUNRISE BANK

माघ १ गतेदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने, यस्तो छ नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्था

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अब एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । माघ १ गतेदेखि अन्तर बैंक एटिएम प्रयोग गर्दा महिनामा दुई पटक निः शुल्क पैसा निकाल्न पाइने तर दुई पटक भन्दा धेरै पैसा निकाल्दा हरेक पटक बढीमा २० रुपैयाँ शुल्क लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि कोरोना महामारीको बेलामा जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पनि पैसा नलाग्ने नियम बनाएको राष्ट्र बैंकले अब पैसा लाग्ने नियम बनाएको हो । यस्तै ग्राहकलाई पूर्व सूचना दिएर र अनुमति लिएर बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एसएमएस जस्ता विद्युतीय कारोबारको शुल्क लिन पाउने भएका छन् ।अहिलेसम्म यो व्यवस्था नरहेको र अब भने अनुमति लिएर र जानकारी गराएर शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK