
खासमा उनको बिहे पनि भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् । बैंक खातामा उनले आफ्नो कुनै हकदार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी फाराम पनि जम्मा भएको थिएन । उनको मृत्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।
यो कुराले रिसाएका गाउँलेले उनकोको लाशनै बोकेर बैंकमा पुगे र लाशलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको लाश भुईमै त्यतिकै रह्यो । गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् । अन्ततः म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको लाश बोकेर अन्तिम संस्कारको लागि गए । -एजेन्सीको सहयोगमा