×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुससम्ममा बैंकहरुले ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरे, कर्जा लगानी कति ?

PRIME CA

पुससम्ममा बैंकहरुले ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरे, कर्जा लगानी कति ?

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकहरुले पुस मसान्तसम्म ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनासम्म ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । संघका अनुसार माघ २ गतेसम्म निक्षेप संकलन ३७ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ । 
यता पुस मसान्तसम्म बैंकहरुले ३२ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकर्स संघको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म बैंकहरुले ३२ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् भने माघ २ गतेसम्ममा कर्जा प्रवाह ३२ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: