Skip to content
LAXMI SUNRISE BANK

अरुको खाताको रकम आफ्नो नाममा सुटुक्क सार्ने एक जना भक्तपुरबाट पक्राउ, यसरी खुल्यो अनलाइन चोरीको पोल…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर  । प्रहरीले अरुको खातामा रहेको रकम आफ्नो खातामा सार्ने एक युवकलाई भक्तपुरबाट पक्राउ गरेको छ । अनलाइनको प्रयोग गरी आफ्नो खातामा सरेर ठगि गर्ने सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका- ७ घर भइ भक्तपुरको ठिमी बस्दै आएका २१ वर्षीय अनिल थापा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीका अनुसार थापाले खोटाङको ऐसेलुखर्क गाउँपालिका- ३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थली बस्ने ३८ वर्षीय प्रविन राज भण्डारीले प्रयोग गर्दै आएको सिमकार्डमा अनलाइन सेवा लगइन गरेर भण्डारीको खाताबाट २७ हजार पाँच सय रुपैयाँ निकालेको पाइएको बताए ।
थापाले धनबहादुर श्रेष्ठको नाममा रजिष्टर भएको सिम कार्ड भण्डारीले प्रयोग गर्दै आएका थिए । थापाले नेपाल टेलिकम भक्तपुर दुधपाटी कार्यालयमा गई नक्कली कागजातहरु पेश गरी सोही नम्बरको सिम कार्ड लिई उक्त नम्बरमा रजिष्टर रहेको Ps अनलाइन सेवा प्रयोग गरी खाताबाट ९ पुसमा २७ हजार पाँच सय रुपैयाँ आफ्नो खातामा पठाएर निकालेका हुन्। अनलाइन सेवाको माध्यमबाट अर्काको खाताबाट रकम निकालेको उजुरीको आधारमा उनलाई भक्तपुरबाटै पक्राउ गरिएको हो । 
प्रहरीले उनको कोठाबाट ट्यापटप, मोवाइल, विभिन्न बैँकका चेक, विभिन्न व्यक्तिका नागरिकता, शैक्षिक प्रमाणपत्र, विभिन्न व्यक्तिका पासपोर्ट साइजका तस्बिरलगायतका सामान बरामद गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK