
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । प्रहरीले अरुको खातामा रहेको रकम आफ्नो खातामा सार्ने एक युवकलाई भक्तपुरबाट पक्राउ गरेको छ । अनलाइनको प्रयोग गरी आफ्नो खातामा सरेर ठगि गर्ने सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका- ७ घर भइ भक्तपुरको ठिमी बस्दै आएका २१ वर्षीय अनिल थापा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीका अनुसार थापाले खोटाङको ऐसेलुखर्क गाउँपालिका- ३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थली बस्ने ३८ वर्षीय प्रविन राज भण्डारीले प्रयोग गर्दै आएको सिमकार्डमा अनलाइन सेवा लगइन गरेर भण्डारीको खाताबाट २७ हजार पाँच सय रुपैयाँ निकालेको पाइएको बताए ।
थापाले धनबहादुर श्रेष्ठको नाममा रजिष्टर भएको सिम कार्ड भण्डारीले प्रयोग गर्दै आएका थिए । थापाले नेपाल टेलिकम भक्तपुर दुधपाटी कार्यालयमा गई नक्कली कागजातहरु पेश गरी सोही नम्बरको सिम कार्ड लिई उक्त नम्बरमा रजिष्टर रहेको Ps अनलाइन सेवा प्रयोग गरी खाताबाट ९ पुसमा २७ हजार पाँच सय रुपैयाँ आफ्नो खातामा पठाएर निकालेका हुन्। अनलाइन सेवाको माध्यमबाट अर्काको खाताबाट रकम निकालेको उजुरीको आधारमा उनलाई भक्तपुरबाटै पक्राउ गरिएको हो ।
प्रहरीले उनको कोठाबाट ट्यापटप, मोवाइल, विभिन्न बैँकका चेक, विभिन्न व्यक्तिका नागरिकता, शैक्षिक प्रमाणपत्र, विभिन्न व्यक्तिका पासपोर्ट साइजका तस्बिरलगायतका सामान बरामद गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्