
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । उद्योगमन्त्री लेखराज भट्टले चीनको व्यवहारकै कारण चीनसँगकाे व्यापार अव किन गर्ने गर्ने भन्ने प्रश्न उठेको बताएका छन् । नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मंगलबार मन्त्री भट्टले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएकाले चीनसँग व्यापार गर्ने कि नगर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग आफ्नो गम्भीर वार्ता भएको खुलासासमेत गरेका छन् ।
अर्थ सरोकारले केहि दिन यता प्रशारण गरिरहेको ‘उत्तरी नाकामा गिजोलिएको अर्थतन्त्र’ विषयलाई सम्झंदै चीनले विभिन्न बहानामा व्यापार रोक्दा नेपाललाई चौतर्फी रुपमा समस्या परेको बताएका छन् ।
‘हाम्रो पडौसीको व्याहारले असहज र अप्ठ्यारो भएको छ, अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन्’ उनले भने, ‘यस्तै हो भने चीनसंग व्यापार गर्ने की नगर्ने ? यस बारेमा मैले प्रधानमन्त्री ज्यूसंग गंभिर प्रश्न उठाएको छु, अब यो हो भने त यसरी कसरी चिनसंग कसरी व्यापार गर्ने ? व्यापारीलाई असहज बनाउने भनेको त यो सबै नेपाली जनतामामाथिको मार हो, एउटा व्यापारीले एउटा वस्तु बिक्री गर्ला अर्को किन्ने त उपभोक्ता हाे नि’ उनले भने, ‘मिडियाहरुमा चिनियाँ पक्षले गरेको अवरोधका बारेमा निरन्तर समाचारहरु पनि आइरहेका छन् । नाकामा चिनियाँ अर्घेलोबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर ढंगले प्रश्न उठाएको छु ।
केहि दिन यता अर्थ सरोकारले ‘उत्तरी नाकामा गोजिलिएको अर्थतन्त्र’ सिरिज प्रस्तुत गरिरहेको छ :
उत्तरी नाकामा चीनले गरिरहेको अघोसित नाकाबन्दीबारे अर्थ सरोकारले तयार गरेको भिडियो रिपोर्ट हेर्नुहोस् :
अर्थ सरोकारले तयार गरेको रिपोर्टको अर्को भाग पनि हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्