>
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
काठमाडौँ । मालपोत कार्यालय कैलालीमा हाकिमको मिलेमतोमा भित्रभित्रै अनुचित लाभ लिएर काम गरेको गुनासो सेवाग्राहीबाट आएपछि समाचार संकलनका लागि गएका अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठमाथि कार्यालय प्रमुख सुरेन्द्र केसीले हातपात गरेको घटना सार्वजनिक भएपछी अर्थ सरोकार डटकम संचालक कम्पनी शुभम् मिडिया प्रालिले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति खेद प्रकट गरेको छ ।
‘मालपोत कार्यालय घुसको अखडा भएको गुनासो जनस्तरबाट आइरहेका बेला आफ्नो गलत काम बाहिरिने डरले मालपोत कार्यालयका प्रमुख केसीले दादागिरी देखाएको हाम्रो ठहर छ । यो घटनाप्रति खेद प्रकट गर्दै दोषी नीज केसीमाथि हदैसम्मको कानुनी कारवाही गरियोस् भनी हामी जोडदार मागसमेत गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘अर्थ सरोकार डटकम भ्रष्टाचारविरुद्धको संचार अभियान पनि हो । अत: केसीजस्ता प्रेसविरोधीहरुलाई कानुनी कठघरामा उभ्याउन सहयोग गर्न हामी स्थानीय प्रशासन, पत्रकार निकट संगठनहरु, नागरिक समाज, अन्य पत्रकार मित्रहरु तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपिलसमेत गर्दछौं ।
हेर्नुहोस् बिज्ञप्ति जस्ताको त्यस्तै :

https://arthasarokar.com/2021/01/Arjun-Shah-4.html
https://arthasarokar.com/2021/01/Press-Union-4.html
https://arthasarokar.com/2021/01/Harish-.html
https://arthasarokar.com/2021/01/Photo-.html
https://arthasarokar.com/2021/01/Hakim-ko-Harkat.html
https://arthasarokar.com/2021/01/Bigyapti.html
https://arthasarokar.com/2021/01/maalpot-Kailali.html
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्