×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको आईपीओ नपर्नेहरुले चन्द्रागिरी केबलकारमा २५% छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL

चन्द्रागिरी हिल्सको आईपीओ नपर्नेहरुले चन्द्रागिरी केबलकारमा २५% छुट पाउने

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आइपिओ भर्ने तर नपर्नेहरुलाई चन्द्रागिरी केबलकारमा छुट दिने भएको छ । कम्पनीको आइपीओ आज बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए । जसमा ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन् ।
१० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ भने आवेदन दिएकामध्ये कुल १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले सेयर परेको छ ।  दुई जनाले भने थप २ कित्ता सेयर अर्थात ११ कित्ता सेयर प्राप्त गर्न सफल भएका छन् । कम्पनीले पुस २४ गतेदेखि  प्रतिकित्ता १०० का दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर बिक्री गरेको थियो । 
जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको थियो । सोहि अनुसार आइपीओमा आवेदन दिनेहरुलाई कम्पनीले चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी