×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकसहित ४ बैंकको बाउन्स चेक काटेर झुक्याउने ३ जना सिआईबीको फन्दामा, कसलाई कति जरिवाना लगाईयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी बैंकसहित ४ बैंकको बाउन्स चेक काटेर झुक्याउने ३ जना सिआईबीको फन्दामा, कसलाई कति जरिवाना लगाईयो ?

Artha Sarokar

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकसहित ४ बैंकको बाउन्स चेक काट्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्युरोले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, सनराइज बैंक र लक्ष्मी बैंकको का खातामा पैसा नभई चेक काट्ने चितवनका राम बहादुर अधिकारी, काठमाडौंका सुवास थापा र गोरखाका विष्णु अंगाईलाई पक्राउ गरेको हो ।
ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैकिङ्ग कसूर (चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका उनीहरुलाई विभिन्न स्थानहरुबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरेको हो ।
बैंकमा रकम नभएको थाहा हुँदाहुँदै पनि नबिल बैंक, सनराईज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट विभिन्न मितिमा निज प्रतिवादीहरुको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम निम्न उल्लेखित सजाय हुने गरी फैसला गरेको थियो ।
प्रतिवादी अधिकारीलाई २१ दिन कैद तथा दुई करोड ३२ लाख २४ हजार एक सय जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका निज प्रतिवादीलाई लुकिछिपी बसिरहेको अवस्थामा यस कार्यालयबाट खटीएको टोलिले चितवनबाट पक्राउ गरी चितवन जिल्ला अदालतमा पेश गरेको हो । यस्तै अर्का प्रतिवादी सुवास थापालाई १७ दिन कैद र ५९ लाख ७९ हजार रुपैयाँ जरिवाना गरिएको छ भने विष्णु अंगाईलाई १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी