×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषद्वारा नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु, यस्तो छ प्रक्रिया

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नागरिक लगानी कोषद्वारा नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा सुरु, यस्तो छ प्रक्रिया

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेको छ । अनलाइन रजिष्ट्रेसन सेवाको शुरुवात सँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ । यस्को लागि योजनामा सहभागी हुनको लागि http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पश्चात Ragister For Penson Yojana df UfO{ jf https://eservicenew.nlk.org.np/Portal/SchemeAccountOpeningKycMaster/Create df login गरी सहभागी हुन चाहनेले पोर्टलमा उल्लेख गरे अनुसारको विवरण भरेपछि अनलाइन सेवा लिन सक्नेछन । 
यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरुले सजिलै सहभागी हुन सक्ने छन । यस योजनामा आय आर्जन गर्ने जो सुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एबं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।
यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैँया देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । 
बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ बर्ष पश्चात समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन् । कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी