
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजदेखि फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले संस्थाले समयमै लाभांश सार्वजनिक नगरेको भन्दै कारोबार रोक्का गरेको थियो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम सुचना उपलब्ध नगराएको भन्दै ३ दिनभित्र कारणसहित स्पष्टिकरण बुझाउन माग गर्दै कारोबार रोकेको थियो ।
संस्थाले नेप्सेलाई इन्टरनेटमा खराबी आई प्राविधिक समस्याका कारण सुचना अपलोडमा ढिला भएको स्पष्टिकरण दिएको छ । आगामी दिनमा समयमै जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेकाले नेप्सेले कारोबार सुचारु गराएको जानकारी दिएको छ । सिभिलले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.१८% नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्