×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्लब हिमालय नगरकोटमा ‘न्यू इयर’ स्पेशल कार्यक्रम

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

क्लब हिमालय नगरकोटमा ‘न्यू इयर’ स्पेशल कार्यक्रम

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोटले नयाँ वर्ष २०२१ लाई विशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ तारिकमा प्रख्यात सांगितिक ब्याण्डहरुबाट सांगितिक कार्यक्रमका साथ न्यू इयर स्पेशल कार्यक्रम ल्याएको छ । आबीट्रेरी एक्सपेरियन्स २०२१ नाम दिईएको यस सांगितिक कार्यक्रममा सुवेक्षा राई कोइराला र सन्देश आशिस मर्हजन, सन्देश रोजिलेन्ड श्रेष्ठ, रन्जित नेपाली र ईलिमेन्स् ब्यान्डले आप्mनो सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने डिजे वि.पी.एम, डिजे सेसी र डिजे दानले डिजेको भुमिका निर्वाह गर्नेछन् ।
विशेष गरी आन्तरिक पर्यटकलाई लक्षित गरी आयोजना गरिएको यस अफरमा रु. १० हजार मै एक जोडीले बेड एण्ड ब्रेकफास्ट सहितको क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् । उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको यस होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिदै आएको छ ।
नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालय नगरकोटबाट विश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिन्छ । यस होटल २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४२ वर्षको ईतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: