×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्म २४ हजार बढीले लिए कोरोना बीमा दाबी भुक्तानी, बिमितले २ अर्ब ३७ करोड ३६ लाख ७५ हजार रुपैयाँ बुझे !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हालसम्म २४ हजार बढीले लिए कोरोना बीमा दाबी भुक्तानी, बिमितले २ अर्ब ३७ करोड ३६ लाख ७५ हजार रुपैयाँ बुझे !

२८ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हालसम्म २४ हजार बढी व्यक्तिले कोरोना बीमा दाबी भुक्तानी लिएका छन् । बीमा समितिका अनुसार सोमबारसम्म २४ हजार ३८५ जनाले कोरोना बीमा दाबी भुक्तानी लिएका हुन् । उनीहरुलाई २ अर्ब ३७ करोड ३६ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरिएको समितिको तथ्यांकमा उल्लेख छ । 
पुस २७ गतेसम्म बीमा कम्पनीहरुमा ४८ हजार ६०७ वटा दाबी परेका छन् भने ३ हजार २३६ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ । यस्तै ८ हजार २०४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी रहेको पनि समितिले जनाएको छ । साथै १ हजार ७२ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: