×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, यस्तो छ कोरोना खोप लगाएकाको प्रतिक्रिया (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, यस्तो छ कोरोना खोप लगाएकाको प्रतिक्रिया (भिडियो रिपोर्ट)

Artha Sarokar

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज (बुधबार)देखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो । काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट शुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भएको छ । १० दिन सम्म सञ्चालन हुने यो अभियानमा करिब ४ लाख ५० हजार जनाले खोप लगाउन पाउनेछन् । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् । पहिलो खोप लगाउनुभएका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी, डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि आफूहरुलाई केहीपनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी