×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतले दिएको कोरोनाविरुद्दको १० लाख डोज खोप नेपाल आइपुग्यो, अग्रपंक्तिमा खटिने प्राथमिकतामा (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोरोनाविरुद्दको १० लाख डोज खोप नेपाल आइपुगेको छ । भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोना विरुद्दको १० लाख डोज खोप बिहिबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिएको हो । नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कोरोनाविरुद्दको खोप हस्तान्तरण गर्नुभएको हो ।
मन्त्री त्रिपाठीले यस खोपको न्यायपूर्ण सदुपयोग गरिने बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरसफाईकर्मी, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी लगायतलाई प्राथमिकतामा राखेर खोप दिईने उहाँको भनाई छ । अन्य प्राथमिकताको जनसंख्यालाई पनि खोप दिइने उहाँले बताउनुभयो ।
सरकारले आधारभुत जनसंख्याको लागि निशुल्क रुपमा खोप उपलब्ध गराउने मन्त्री त्रिपाठीले बताउनुभयो । नेपालमा थप ४० लाख खोप आवश्यक रहेको भन्दै उहाँले पहिलो चरणको खोप अभियान अन्त्य हुनुअगावै ल्याइसक्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । आगामी दिनमा पारदर्शी ढंगले खोप खरिद प्रक्रिया अगाडी बढाइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: