Skip to content
LAXMI SUNRISE BANK

कर्पोरेट डेभलपमेन्ट बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्ने, माग्यो नेपाल धितोपत्र बोर्डसँग अनुमति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न समस्याग्रस्त संस्थाबाट मुक्त भएको बैंकले चुक्ता पूँजीको १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । बैंकले हकप्रद निष्काशन गर्नका लागि पुस २६ गते निवेदन दिएको बोर्डले जनाएको छ । हकप्रद निष्काशनका लागि सिभिल क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK