×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप ८ विकास बैंक र २ फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध, ती कुन-कुन हुन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

थप ८ विकास बैंक र २ फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध, ती कुन-कुन हुन् ?

Artha Sarokar

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ८ विकास बैंक र २ फाइनान्स कम्पनी आवद्ध भएका छन् । ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा  आवद्ध भएका हुन् ।
यसअघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्ट आरजीटीएस प्रणालीमा आवद्ध भईसकेका छन् । आरटीजीएस प्रणालीमार्फत् ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी