- अर्थ सरोकार सम्बाददाता
धनगढी । आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछी धनगढी विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलमा प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोलीसमेत परिचालन गरिएको छ ।
पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी आउन लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ भने झन्डै ५० हजार कार्यकर्ताको सहभागिता रहने दाबी गरिएको छ ।