- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठले आफुमाथि दुर्व्यवहार, हातपात र हतोत्साहित गर्ने कार्य भएको भन्दै केसीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीमा उजुरी दर्ता गरेका हुन् ।
मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका श्रेष्ठमाथि आइतबार कार्यालयका प्रमुख केसीले दुर्व्यवहार र हातपातको प्रयास गरेका थिए । उनले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ ।
विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । मालपोतमा कर्मचारीद्धारा मनपरी रुपमा आसेपासेलाई सुटुक्क सेवा दिईरहेको भन्ने सूचना पाएलगत्तै पत्रकार श्रेष्ठ मालपोत कार्यालयमा पुगेका थिए । कार्यालयमा भएको कमजोरी र कर्मचारीद्धारा भएको लापरवाहीको विषयमा कार्यालयका प्रमुख सुरेन्द्र केसीलाई प्रश्न गर्दा उनि एक्कासी जंगिए । सोहिक्रममा उनले पत्रकार श्रेष्ठको दुर्व्यवहार गर्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।
उजुरीपत्र पत्रसहित :