×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै पैसा पठाउन सकिने

PRIME CA
GLOBAL IME BANK

इसेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै पैसा पठाउन सकिने

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स् कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा सहज रुपमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरे ।
अष्ट्रेलियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनुकाे साथै नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने इसेवाले जनाएकाे छ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैयाँ अतिरिक्त क्यासब्याक पनि पाइने छ ।
लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्च स्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिने इसेवाले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: