
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल निर्यात परिषद्ले पाँचौं निर्यात दिवस मनाउने भएको छ । परिषद्ले यही पौष २२ गते ‘पाँचौं निर्यात दिवस–२०७७’ मनाउन लागेको हो । सोमबार पत्रकार सम्मेलन आयोजना गरी परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार’ भन्ने नाराका साथ निर्यात दिवस मनाउन लागिएको बताउनुभयो ।
नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यातका प्रवद्र्धनको निमित्त प्रतिष्पर्धी बनाई निकासी अभिवृद्धि गर्न उद्योगी व्यवसायीहरुलाई प्रेरित गर्ने उद्देश्यले परिषद्ले हरेक वर्ष निर्यात दिवस मनाउँदै आएको छ । यस्तै निर्यात व्यवसायीबीचको समस्या र व्यवसायीक एकयवद्धता देखाउन, आयातमुखि बजारलाई निर्यातमुखि बनाउन, सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गर्न, निर्यात र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले पनि निर्यात दिवस मनाउँदै आएको अध्यक्ष कार्कीले बताउनुभयो ।
निर्यात दिवसको अवसरमा कोभिड–१९ले नेपाली निर्यातजन्य वस्तुहरुमा पु¥याएको असर, समस्या समाधानका उपायहरु लगायत वस्तुको प्रवद्र्धन र विकासका लागि अपनाउनुपर्ने अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रणनीतिहरु सम्बन्धमा उद्यमी व्यवसायीहरुलाई जानकारी दिने र आगामी दिनमा निकासी अभिवृद्धि गर्नेतर्फ निर्यात दिवसले प्रेरित गर्ने विश्वास समेत परिषद्ले गरेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्