
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
ललितपुर । ललितपुर प्रहरीले अनलाइन मार्फत विद्युतीय सामान बिक्रि गर्ने भनि ठगि गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगि गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुर घर भएका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइ घर भएका मेवालाल साह रहेका छन् । पक्राउ परेका दुबैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटप जस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै बिज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगि गर्ने गरेका थिए ।
यसबाट ठगिएका प्रविन प्रसाद साहको जाहेरीमा प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्ति सँग एक करोड बढी ठगि गरेको अनुशन्धानमा खुलेको बताउनु भयो। अनुशन्धान बाँकी नै रहेकोले ठगिएका व्यक्ति अझै बढी हुन सक्ने बताउनु भयो ।
आज सार्वजनिक गरिएका ब्यक्तिले बजार मूल्य भन्दा सस्तोमा सामान दिन्छु भनेर फेसबुकमा बिज्ञापन गरेको देखे पछि शंका लागि प्रहरीले अनुशन्धान गर्दै जाँदा ठगि धन्दा भएको खुलेको हो । ललितपुर प्रहरीले पछिल्लो समय विभिन्न अनलाइनहरुमा फेसबुक लगायतका अन्य नेटवर्कमा फेक एकाउन्ट खोल्ने विभिन्न प्रलोभन देखाउने, बिज्ञापन गर्ने त्यस पछि सम्पर्कमा आएका व्यक्तिलाई ठगि गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्