- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबीच नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम समितिले पनि उक्त घटनाको निन्दा गरेको छ । महासंघले पत्रकार श्रेष्ठमाथि दुर्व्यवहार गर्ने कार्यालय प्रमुख केसीको व्यवहारप्रति खेद प्रकट गरेको छ ।
हेर्नुहोस् विज्ञप्तिसहित