×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२८ सय व्यवसायीलाई कालोसूचीमा राखेकोमा उद्योग वाणिज्य महासंघको आपत्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२८ सय व्यवसायीलाई कालोसूचीमा राखेकोमा उद्योग वाणिज्य महासंघको आपत्ति

Artha Sarokar

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौं । २८ सय निजी उद्यमी व्यवसायीलाई कालोसूचीमा राखिएकोमा नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । व्यवसायीहरुले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्दै २८ सय निजी उद्यमी व्यवसायीलाई कालोसूचीमा राखिएकोमा आपत्ति जनाएका हुन् । 
सो भेटका क्रममा व्यवसायीहरुले कोरोनाकाबीच पनि बैंकहरुले व्यवसायीहरुलाई धरपकड गर्ने, ब्याज किस्ताको ताकेता गर्ने र म्याद सकिएको भन्दै कालोसूचीमा नाम चढाउने र सम्पती लिलामी गर्नेसम्मको घटना देखिएकाले यस्तो समस्या समाधानका लागि पहल गरिदिन अर्थमन्त्रीसँग माग गरेका छन् । 
व्यवसायीहरुले अर्थमन्त्री पौडेलसँग उद्यमी–व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवा–ब्याज भुक्तानी गर्ने समय बढाइदिनसमेत आग्रह गरेका छन् । कोभिडका कारण गत आर्थिक वर्षको अन्तिममा साढे तीन महिना लकडाउन र चालू आवमा एक महिना निषेधाज्ञा हुँदा कम्पनीहरूले लेखापरीक्षण समयमै गर्न नसकेको यथार्थ बताउँदै विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन अर्थमन्त्री पौडेलसँग आग्रह गरेका हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी