×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्स लिमिटेडकाे १३ लाख ९६ हजार कित्ता आईपीओ शुक्रबार बाँडफाँट हुँदै, कहाँ र कति बजे ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चन्द्रागिरी हिल्स लिमिटेडकाे १३ लाख ९६ हजार कित्ता आईपीओ शुक्रबार बाँडफाँट हुँदै, कहाँ र कति बजे ? (विवरणसहित)

Artha Sarokar

८ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ शुक्रबार (भाेलि) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त कम्पनीको आईपीओ शुक्रबार बिहान १० बजे आफ्नै कार्यालयमा बाँडफाँट गर्न लागिएको जनाएको हो । आइपीओको प्रि अलोटमेन्ट भने हिजाे बुधबार नै गरिसकेको छ । 
कम्पनीको आइपीओमा कूल १२ लाख ११ हजार ११५ जना आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ता सेयरको लागि दिएकाे आवेदन रितपूर्वक रहेका छन् भने बाँकी ४० हजार बढी आवेदन रद्द भएका छन्। पुस २८ गतेसम्म निष्काशन भएकाे कम्पनीकाे आईपीओमा कुल १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग गरेका थिए । 
जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ता मात्र पाउनेछन् । भने बाँकी ११ लाख १२ हजार ३३६ जनाको हात खालि हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी