- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड २८ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले दोस्रो त्रैमासमा नाफामा ६.०४% ले गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाले गत वर्ष यसैअवधिमा ६ करोड ६९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाको सञ्चालन नाफा पनि ५.८२% ले घटेर ९ करोड ९८ लाख २३ हजार रुपैयाँमा सिमित भएको छ । खुद ब्याज आम्दानी भने बढेको छ । यस अवधिसम्म आउँदा संस्थाको खुद ब्याज आम्दानी ९.९८% ले बढेर ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यस्तै चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १९ करोड ९० लाख ८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ पैसा ७० रुपैयाँ छ ।