
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गरिमा विकास बैंकले अघि सारेको “सुनौलो भविष्य बाल निक्षेप योजना” बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागी अत्यन्त प्रभावकारी छ । यस योजना अन्तर्गत न्युनतम ५०० सयमा खाता खोलेर निक्षेप योजना भरी मुद्दतीको ब्याज पाउनुकोसाथै समय समयमा थप वचत थप्दै जान पनि सकिनेछ ।
यस योजनामा भर्खर जन्मेका शिशु देखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाता खोल्न सकिनेछ । ‘आजको बचत भोलीको आधार’ नारा रहेको यस बचत योजनामा हरेक महिना बचतको केहि भाग आफ्नो बच्चाको सुनौलो भविष्यको लागि जम्मा गर्न सकिनेछ । बालबालिकाहरुले भविष्यमा डाक्टर, ईन्जीनियर, पाईलट तथा अन्य लक्ष्य लिदा सोही वमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चहरुलाई मध्यनजर राखेर आजैवाट योजनावद्घ तवरले वचत गर्न आफ्ना अभिभावकहरुलाई प्रेरित गर्न सक्नेछन् भने वचत गर्ने बानीकोसमेत विकास हुनेछ ।
प्रत्येक ३ महिनामा खातामा ब्याज पाउने र त्यो ब्याजले पनि ब्याज कमाईरहने भएकोले यो योजना अत्यन्तै लाभदायक छ । खातावालाले आफू नागरिकता लिएर सम्बन्धित वैंक शाखामा उपस्थित भए पश्चात यो खाता स्वतः वन्द भई साधारण खातामा परिवर्तन हुनेछ । आवश्यक परेको खण्डमा बचतको ८०% सम्म कर्जा सुविधा लिन पनि सकिनेछ भने यस योजनामा समय पुगेपछि आफैं निःशुल्क खाता बन्द हुनेछ । यो योजना गरिमा विकास बैंकको सबै शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्