×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारसम्म गरिमा विकास बैंकको सेयर किन्नेले १४.२१% लाभांश पाउने, कहिले बोलायो साधारणसभा ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबारसम्म गरिमा विकास बैंकको सेयर किन्नेले १४.२१% लाभांश पाउने, कहिले बोलायो साधारणसभा ? (विवरणसहित)

Artha Sarokar

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज आइतबारसम्म गरिमा विकास बैंकको सेयर किन्नेले १४.२१% लाभांश पाउने भएका छन् । बैंकले  माघ ३० गते साधारणसभा बोलाएको सोमबारदेखि ३० गतेसम्म बुक क्लोज गर्दैछ ।  जसअनुसार आजजसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् । 
बैंकले सभामा गत वर्षको नाफाबाट १३.५०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभा होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान १०.३० बजेबाट सुरु हुने बैंकले जनाएको छ । 
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गरिने भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी