×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमान बिदा भएपछि साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

LAXMI SUNRISE BANK
GLOBAL

कुलमान बिदा भएपछि साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो समय देशका विभिन्न स्थानमा निकै बत्ति जाने गरेको छ । कुलमान घिसिङ नेपाल प्राधिकरणको जिम्मेवारी पुरा गरी बिदा भएसंगै लोडशेडिङकै झल्को दिने गरी बिजुली जाने समस्या बढ्दै गएको हो । सो समस्या बढ्दै गएपछि अहिले विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात ह्वात्तै बढेको छ । राजधानीमासमेत अहिले बत्ति जाने समस्या बढेको छ । 
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ । चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । 
अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो । यो भनेको जेनेरेटर आयात अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्रतिशतले बढी हो । यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी