×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको सामाजिक कार्य : सुर्खेतस्थित मानव सेवा आश्रमलाई न्यानो कपडा वितरण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको सामाजिक कार्य : सुर्खेतस्थित मानव सेवा आश्रमलाई न्यानो कपडा वितरण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । 
बैंकले समाजलाई टेवा पु¥याउने उद्देश्यकासाथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ सिडिएस एण्ड किल्यरिङ काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ७९६ भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: