- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना लगानीकर्ताहरुको बैंक खातामा २% नगद लाभांश पठाएको छ । बैंकले कनेक्ट आइपीएसमार्फत लगानीकर्ताहरुको बैंक खातामा नगद जम्मा गरिदिएको हो । बैंकले नगद लाभांश खातामा नआएका लगानीकर्तालाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । लगानीकर्ताले डिम्याट खाता र बैंक खाता अपडेट गरेपछि लाभांश पाउनेछन् । बैंकको पुस २९ गते बसेको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।