
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङको जयपृथ्वी नगरपालिका–१ घर भएका सुनिलबहादुर सिंह र दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भएका कृष्णबहादुर श्रेष्ठ सो आरोपमा पक्राउ परेका हुन् ।
काठमाडौंस्थित स्युचाटारको एक घरमा माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी उनीहरूबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्