- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छापावाला आज १ सयले घटेर प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिररहेर प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ७०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १४० रुपैयाँ कायम गरेको छ ।