
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । रोजगारविहिन भएर सडकमा भौतारिईरहेका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले माघि पर्व तथा माघे संक्रान्तिको अवसरमा खानेकुरा वितरण गरेको छ । बिहिबार थापाथलीमा रोजगारीविहिन भई भौतारिइरहेका व्यक्तिहरुलाई माघे संक्रान्तिको अवसरमा हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको हो । दजनौँको संख्यामा उपस्थित व्यक्तिहरुलाई सेलरोटी, चाकु, तरुल, खिचडी, घिउ लगायतको खानेकुरा खुवाईएको थियो । हुनेखानेले मात्रै होईन, नहुनेका लागि पनि चाड मनाउनको निम्ति रोजगारी गुमेकाहरुलाई माघे संक्रान्तिको अवसरमा सकेको सहयोग गरेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।
रोजगारी नपाएको तथा दैनिक जिवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै आफुहरु हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको ठाउँमा आएको रविन्द्र दाहालको भनाई छ । सरकारले रोजगारविहिन नागरिकलाई हेरचाह गर्नुपर्ने उहाँले बताउनुभयो । हाम्रो टिम नेपालले बेलाबेलामा रोजगारविहिन व्यक्तिहरुलाई यसरी खानेकुरा वितरण गर्दै आएको छ । आगामी दिनमा पनि विभिन्न चाडपर्वको अवसरमा यसरी नै खानेकुरा वितरण गरिने जनाईएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्