×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घटना ह्वात्तै बढे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बजार गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घटना ह्वात्तै बढे

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन् । सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो आउन थालेको छ । सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन् ।
बिहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको छ । यस्तै होटल विजयबाट सोमबार बिहान जुम्ला जिल्ला घर भएका राष्ट्रिय समाचार समिति सिञ्जाका संवाददाता उपेन्द्र न्यौपानको रु ४१ हजार मूल्य बरारबको मोबाइल फोन चोरी भएको छ । होटलमा चार्जमा राखेको समयमा आफ्नो मोबाइल चोरी भएको उहाँले बताउनुभयो । उहाँको बिहान चार्जमा राखिएको समयमा रेडमी टेन प्रो मोबाइल चोरी भएको हो । आफू प्रेस सङ्गठनको बैठकमा जानका लागि सिमकोट आएको र उक्त होटलमा चार्जमा राखेको समयमा चोरी भएको उहाँले बताउनुभयो ।
यस्तै सिमकोट माथिल्लो बजारमा रहेको बैंक नजिकको एक घरबाट रु १८ हजार नगद चोरी भएको स्थानीयवासी कालीबहादुर बोहराले बताउनुभयो । घरमा कोही नभएको मौका छोपेर रातिको समयमा चोरले घरको तालासमेत फोडेर रु १८ हजार नगदसहित अन्य सामान चोरी गरेको बोहराले बताउनुभयो । यस क्षेत्रमा दैनिक लत्ताकपडा, जुत्तालगायतका सामग्री चोरी हुने गरेको स्थानीयवासी देउमा भण्डारीले बताउनुभयो । सुरक्षा गस्तीले रातिको समयमा बजार गस्ती गरेको भने पनि दिउँसोको समयमा अत्यधिक चोरी हुने गरेको छ । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी