- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २४औं वार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । संस्थाको वार्षिकोत्सव माघ १७ गते शनिबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा सम्पन्न भएको हो । आइक्यानबाट उतीर्ण सिएहरुमध्ये कुल ३२ जना सिएहरु दीक्षित भएका छन् । उक्त वार्षिकोत्सव अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।