×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरी हिल्सको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ आजदेखि बिक्री खुला, न्यूनतम १० कित्तादेखि भर्न पाइने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि आज शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । जसमा ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई दिइने भएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 
कम्पनीको आइपिओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँले आवेदन दिनुपर्नेछ । यस्तै आइपिओ बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिएको छ भने पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने माघ ९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: