- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिगंटी हाइड्रो इनर्जी कम्पनीले आईपीओ बिक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्नको लागि पुस २१ गते अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
आइपिओ बिक्रि प्रबन्धकमा मेगा क्यापिटल मार्केट रहेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्कासन गर्नेछ । कम्पनीले स्थायिन बासिन्दका लागि सेयर निष्कासन गरेर बाँडफाँट भएपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।