
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललेआफ्नै कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रमबीच उक्त कम्पनीको आईपीओ बाँडफाँट गरिएको जनाएको हो । कम्पनीले गत पुस २४ गतेदेखि १०० रुपैयाँ अंकित दरको १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको बिक्रिमा ल्याएको थियो । जसमा ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि, ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि भने १३ लाख ९६ हजार २२ कित्ता आइपीओ जारी गरेको थियो ।
कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो । यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका छन् । १२ लाख ११ हजार ११५ सदर आवेदकमध्येका बाँकी १० लाख ७१ हजार ५१३ आवेदकको हात भने खालि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्