×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ करोड कित्ता आइपीओ बाँडफाँट, कसले कति कित्ता सेयर पाए ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट भएको छ । आज बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयका भएको बाँडफाँटमा १४ लाख ७५ हजार ८ जनाले बैंकको आइपीओ पाएका छन् । १० देखि ५० कित्तासम्म सेयर माग गर्ने आवेदकलाई माग अनुसार नै सेयर दिइएको सेयर निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ । 
३४ हजार ३० जना आवेदकले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता र ११ लाख ९४ हजार ४ जनाले ५० कित्ता सेयर हात पारेको बिक्री प्रबन्धले जानकारी दिएको छ । यस्तै ४ लाख ९२ हजार ७७ जना भाग्यभानी आवेदकले भने थप १० कित्ता सेयर हात पारेका छन् । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।
बैंकको आइपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । बैंकले माघ २ गतेदेखि ६ गतेसम्म जारी पूँजीको २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
नतिजा केहिबेरमा अर्थ सरोकारमा हेर्न सकिनेछ। 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: