×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको आईपीओ सर्वसाधारणका लागि पुस २४ गतेदेखि खुल्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चन्द्रागिरी हिल्सको आईपीओ सर्वसाधारणका लागि पुस २४ गतेदेखि खुल्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

Artha Sarokar

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि पुस २४ गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । जसमा ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई दिइने भएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 
कम्पनीको आइपिओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँले आवेदन दिनुपर्नेछ । यस्तै आइपिओ बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिएको छ भने पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने माघ ९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी