×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्स लिमिटेडको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ भोलीदेखि बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चन्द्रागिरी हिल्स लिमिटेडको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ भोलीदेखि बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

Artha Sarokar

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि भोलि पुस २४ गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । जसमा ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई दिइने भएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 
कम्पनीको आइपिओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँले आवेदन दिनुपर्नेछ । यस्तै आइपिओ बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिएको छ भने पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने माघ ९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी