×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुक्रबारदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ करोड कित्ता आईपीओ खुल्यो, यी ठाउँहरुबाट सजिलै आवेदन दिन सकिने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आजदेखि बिक्रीमा आएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ आजदेखि बिक्रीमा ल्याएको हो । बैंकको यो आइपिओ नेपालको इतिहासमा हालसम्मकै ठूलो परिमाणको आइपिओ हो । यस बैंकले ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषकाका लागि छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । 
बैंकको यो आइपिओमा प्रतिकित्ता १ सयका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । आइपिओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई निक्युक्त गरिएको छ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: